आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा प्रहरी र नगरपालिका बीच द्वन्द्व:घटना बारे केहि जानकारी नभएको प्रहरीको निष्कर्ष

एपी खबर २०८० अषाढ २६, मंगलबार (९ महिना अघि) ८३ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बारा र पचरौता नगरपालिका बीच द्वन्द्व देखिएको छ ।सोमबार पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश मिश्राले विज्ञप्ति निकाल्दै प्रहरीमाथि विभिन्न आरोप लगाएपछि मंगलबार जिल्ला प्रहरी कार्यालय बाराले पनि विज्ञप्ति निकाल्दै प्रतिवाद गरेको छ।पचरौता नगरपालिकाले बैशाख १० गते कार्यालयमा केहि अराजक व्यक्तिहरुले कर्मचारीहरुलाई हातपात गर्नुको साथ् साथै कम्प्युटर र प्रिन्टर तोडफोड गरेको बारेमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिदा पनि प्रहरीले चासो न देखाएको कारण नगरपालिकाले आफ्नो सबै सेवा बन्द गरेको नगरपालिकाले निकालेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

 

विज्ञप्तिमा बाराका एसपी होबिन्द्र बोगटीको नाम उल्लेख गर्दै सोमबार बर्दिधारी र सादा पोशाकका प्रहरी नगरपालिकाको कार्यालयभित्र प्रवेश गरी कर्मचारीलाई धाक-धम्की दिँदै सोधपुछ गरेकोले आत्मसम्मानमा चोट पुगेको भन्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरेसम्म सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसको सम्पूर्ण जिम्मेवार एसपी बोगटी हुनुपर्ने भन्दै नगरपालिकाका विज्ञप्तिमा उल्लेख छ।पचरौता नगरपालिकाको विज्ञप्तिको प्रतिवाद गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय बाराले पनि विज्ञप्ति निकालेको छ। नगरपालिकामा भएका कुनै पनि घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका कार्यालयका प्रमुखलाई जानकारी समेत नदिएको, थाहा नभएको’ बाराका प्रहरी प्रवक्ता तथा इन्सपेक्टर रुपेश शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। बरु नगरपालिकाले भनेको असार १० गते नभई १२ गतेको केही घटनाबारे भने प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

असार १२ गते राति सोही नगरपालिकाको ७ नम्बर वडास्थित सडकमा स्थानीय कुशेश्वर साह बानियालाई मोटरसाइकल रोकी ४/५ जनाको समूहले कुटपिट गरी घाइते बनाएको, सोही पालिकाका एक जना वडाध्यक्षको मोबाइल खोसिएको जाहेरीको परेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नगरपालिकाको सामाजिक भत्ता वितरणमा शान्ति सुरक्षाका लागि पत्रसाथ अनुरोध गरेपछि असार २५ गते प्रहरी चौकी पचरौताबाट असईको कमाण्डमा खटिएको टोलीले कानुन कार्यान्वयन गराउने सिलसिलामा घटनामा संलग्न व्यक्तिको सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर नगरपालिकाले भ्रम फैलाउने हिसाबले निकालेको विज्ञप्तिमाथि गम्भीर ध्यानाकर्षण भएको छ।यता नगरपालिकाले निकालेको बिज्ञप्तिमा प्रहरी प्रमुख होबिन्द्र बोगटीमाथि सबै आरोप लगाएको देखेको छ भने जिल्ला प्रहरी कार्यालय बाराले निकालेको बिज्ञप्तिमा आफुहरुको केहि दोष न भएको र घटना बारे केहि जानकारी नभएको प्रहरीले उल्लेख गरेको छ ।यता प्रहरी र नगरपालिका बीच सुरु भएको द्वन्दको कारण पचरौता नगरपालिकाको सर्वसाधारणको काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस