आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

एपी खबर २०८० अषाढ २७, बुधबार (९ महिना अघि) ५९ पाठक संख्या

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे असामयिक निधन भएको हो ।

 

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिए ।

 

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुन् ।

 

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ । उनको २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस