आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हजारौं डलर बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय विमानस्थलमा पक्राउ

एपी खबर २०८० अषाढ २७, बुधबार (९ महिना अघि) ६१ पाठक संख्या

हिजो राति काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित समातिएका छन् । २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा डलरसहित नियन्त्रणमा लिएको थियो ।भी ३११९८२६ नम्बरको राहदानी वाहक शिवम कुमार राति १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली जान लागेका थिए ।

 

 

उनको ब्यागेज चेक गर्ने क्रममा नौ हजार अमेरिकी डलर फेला परेको थियो । प्रहरीले नियन्त्रणमा लिएर राति नै प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस