आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अब वर्षिक रुपमा १०० श्रमिक नपठाउने मेनपावर पनि नवीकरण हुने

एपी खबर २०८० अषाढ २७, बुधबार (९ महिना अघि) ७९ पाठक संख्या

काठमाडौं । अब मेनपावरले वार्षिक रुपमा १०० श्रमिकलाई विदेश नपठाए पनि नवीकरण गर्नुपर्ने भएको छ ।सरकारले वार्षिक रुपमा १०० श्रमिकलाई विदेश नपठाउने मेनपावरको नवीकरण नगर्ने व्यवस्था भएकोमा हाल त्यो नियम हटाइएको छ ।

 

 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ बमोजिम बाधा अड्काउ फुकाउ प्रयोग गरी वार्षिक १०० जना कामदार नपठाएका इजाजतपत्र प्राप्त संस्थाहरु नवीकरण गर्ने निणर्य भएको हो ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले अब १०० श्रमिक नपाठाउने मेनपावरको पनि नवीकरण हुने बताए ।

 

अध्यक्ष निर्वाचित भएपछि भण्डारीले मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन सरकारसँग माग गर्दै आएका थिए ।२०० वटा मेनपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा थिए ।

प्रतिक्रिया दिनुहोस