आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीता दाहालको निधनमा दिएको अभिव्यक्तिले तोसिमा कार्की विवादमा

एपी खबर २०८० अषाढ २८, बिहिबार (९ महिना अघि) ८१ पाठक संख्या

काठमान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा.तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएकी छन् । प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले केही मिडियासँग अन्तर्वार्ता दिने क्रममा व्यक्त गरेको अभिव्यक्तिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

 

 

अन्तर्वार्ताको एक क्लिप अहिले भाइरल भइरहेको छ, जहाँ उनले भनेकी छन्, प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ ।सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले बाइटलाई तोडमोड गरी राखिएको गुनासो गर्दै पूरा भिडियो हेर्न अनुरोध गरेकी छिन् ।

 

म स्वयंले पेरिसडाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरीरमा फूल र श्रद्धा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु । साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु।

प्रतिक्रिया दिनुहोस