आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडा

एपी खबर २०८० अषाढ २८, बिहिबार (९ महिना अघि) ११९ पाठक संख्या

बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता लिएको देखिन्छ । नागरिकता लिएको दुई दिनपछि एउटा जग्गाको टुक्रा पनि किनेको प्रमाण छ ।

 

 

इलाका प्रशासन कार्यालय दमकमा नागरिकता लिनका लागि जन्मेको २० वर्षपछि जन्म दर्ता गरेको र भारतमा पढेको प्रमाणपत्र पेस गरेपछि शङ्का भयो, इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिनाले बताउनुभयो । परिवारका सदस्य तथा बाबुआमाको विषयमा सोध्दा बारम्बार बाहिर भएको बताएपछि झनै शङ्का भयो, उहाँले भन्नुभयो ।

 

सबै प्रमाण भए पनि नागरिकताजस्तो विषयमा खेलाँची गर्नु हुन्न भनेर सत्य जाँचमा लाग्दा उसले त भारतीय राहदानी लिएको पत्ता लाग्यो उहाँले भन्नुभयो । परिवार नै भारतमा बस्ने रहेछन्, उहाँको भनाइ छ । पेस भएका प्रमाणहरूको सूक्ष्म जाँच नगरी नागरिकता दिन नसक्ने अवस्था छ, तिम्सिनाले बताउनुभयो ।तिम्सिनाका अनुसार नागरिकताको सिफारिसको विषयमा जनप्रतिनिधिहरुसंग पनि केही चरणमा छलफल भएको पनि जनाउनुभयो । सिफारिस गर्दा खेरी आवश्यक कागजपत्र र प्रक्रियाको विषयमा मैले प्रस्ट पनि पारेको छु, उहाँले भन्नुभयो । वास्तविक नेपाली नागरिकले नागरिकता पाउन दुख पाउनु भएन र गैह्र नेपालीले कसै गर्दा नागरिकता पाउनुभएन भन्ने कुरामा सबै चनाखो बन्नुपर्छ, उहाँको भनाइ थियो ।

 

नागरिकता बनाइदिन्छु भनेर दमकमा डेरा गरेर बसी जनही १ लाखको दरले ३ जनासँग रकम उठाएका ब्यक्ति पक्राउ परेको विषयमा आफूलाई जानकारी नभएको पनि उहाँले बताउनु भयो । इलाका प्रहरी कार्यालय दमकले एक साता अघि एक व्यक्तिलाई पक्राउ गरेर ठगी मुद्दा चलाएको छ ।नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनमा आएपछि इलाका प्रहरी कार्यालय दमकमा पनि नागरिकता लिनेको भीड बढेपछि टोकन प्रणाली सुरु गरिएको पाइएको छ । नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता लिन थालेका छन् ।

 

संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ । यसै अनुसार तोकिएको प्रमाणको कागजपत्रको आधारमा पछिल्लो दुई साताको अवधिमा इलाका प्रशासन कार्यालय झापाबाट ५ सय ५७ जनाले नागरिकता लिएका छन् ।दमक नगरपालिकाका २ सय २८, शिवसताक्षी नगरपालिकाका २०२ र कमल गाउँपालिकाको १ सय २७ जनाले नयाँ व्यवस्था अनुसारको नागरिकता लिएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख तिम्सिनाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस