आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै

एपी खबर २०८० माघ १६, मंगलबार (२ महिना अघि) ११२ पाठक संख्या

काठमाणडाै – देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि फेरि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै सञ्चालन हुँदैछन् । यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।

 

हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ । यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस