आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा आबेदन खुल्यो ( सूचनासहित )

एपी खबर २०८० माघ २६, शुक्रबार (२ महिना अघि) १६४ पाठक संख्या

काठमाण्डाै – नेपाल प्रहरीका विभिन्न पदका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो । १ हजार ८५६ जना प्रहरी जवान, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार खेलाडीतर्फ एट्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्नेछन् । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भइ दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस