आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने

अखिलेश कुमार यादव २०८० फागुन ११, शुक्रबार (२ महिना अघि) २४७ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पनि दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि कुमार भाष्करले जानकारी दिए । १३ फागुनदेखि १७ गतेसम्म जीतपुरसिमराका २४ वटै वडामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान सुरु गरिने भएको छ। अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि कुमार भाष्करले जानकारी दिए।उनले खोप अभियानको अवधिमा जीतपुरसिमराका १०० वटा खोप केन्द्रमार्फत करिब ४० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको बताए। यसका लागि उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी ए १३७ जना स्वयंसेविका परिचालन गरिनेछन्। सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता रहेकोमा नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको छ । गत आर्थिक वर्षमा नेपालभर एक हजार ३५० जनामा दादुरा–रुबेला रोग देखिएको थियो ।दादुरा–रुबेला संक्रमितमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेकोले दादुरा -रुबेला खोप ९ महिना देखि १५ बर्ष सम्मको बालबालिकाले लगाउने गरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि कुमार भाष्करले पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिए । जीतपुरसिमराको प्रतयेक वडामा ५ दिन खोप लगाउने अभियान संचालन हुने भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले वडा स्तरीय खोप समन्वय समिति नै गठन गरेर वडाले तोकेको ठाउँमा खोप लगाउने उपमहानगरले जनाएको छ । दादुरा रुबेला खोप बारे जीतपुरसिमरामा ब्यापक प्रचार प्रसार गर्ने उदेश्यले शुक्रबार उपमहानगरका जनस्वास्थ्य प्रवर्द्धन शाखाले संचारकर्मीहरु संग अभिमुखीकरण गोष्ठी समेत गरेको छ ।जीतपुरसिमरा उपमहानगर भित्रका हरेक घरमा महिला स्वमसेविका परिचालन गरेर निमन्त्रणा कार्ड समेत पुर्याउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस