आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुग्ध किसानको समस्या अब चाडै समाधान हुने,पुशपन्छी बिमाको रकम पनि भुक्तानी हुने

एपी खबर २०८० चैत्र ४, आईतबार (१ महिना अघि) १५४ पाठक संख्या

काठमाडौं । कृषि तथा पुशपन्छी मन्त्रालयको ‘कमाण्ड’ सम्हाल्दै किसानका पीडामा मल्हम लगाउने प्रतिबद्धता गरेकी मन्त्री ज्वाला कुमारी साहले मन्त्री बनेको ११ दिनमै दुग्ध किसानको समस्या समाधान गरेकी छिन् । अर्थ मन्त्रालयसँगको समन्वयमा मन्त्री ज्वाला कुमारी साहले आन्दोलनरत दुग्ध किसानहरुको समस्या समाधान गर्ने निर्णय गराएकी हुन् । शुक्रबार अर्थमन्त्रालयमा कृषी मन्त्री साह, अर्थमन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयका सचिवहरुको उपस्थितिमा कृषि क्षेत्रका समस्याहरुको समाधानार्थ विविध विषयमा छलफल तथा निर्णयहरु भएको छ ।

 

सो छलफलबाट दुग्ध क्षेत्रमा देखिएका समस्याहरुलाई क्रमिक रुपमा समाधान गर्ने गरी दुग्ध किसानहरुको बाँकी बक्यौता उपलब्ध गराउन दुग्ध विकास संस्थानलाई ऋण वापत रु ३० करोड उपलब्ध गराउने सहमति भएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।साथै, कृषिमन्त्री साहकै प्रस्तावमा पशुपन्छी विकासतर्फको पशुपन्छी बीमाको अनुदान बापतको रकम ४८ करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणमार्फत सम्बन्धित बीमा कम्पनीहरुलाई भुक्तानी दिनेगरी फागुन ३० गतेको भएको निर्णय बमोजिम सहमति भएको छ ।

 

ज्वाला कुमारी साह नेकपा एमाले बाट बारा क्षेत्र न ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने उनि तिन पटक कृषि तथा पुशपन्छी बिकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन ।मन्त्री साह किसान परिवार बाट भएकोले किसानको समस्यालाई आफ्नै समस्या सम्झेर एक्सनमा आएर नेपालमा हाल दुग्ध किसानले झेलिरहेको समस्यालाई समाधान गर्ने तर्फ उन्मुख भएकी छिन ।

प्रतिक्रिया दिनुहोस