आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टोपबहादुर रायमाझीको मुटुमा समस्या , उपचार हुदैं

एपी खबर २०८० चैत्र १५, बिहिबार (४ हप्ता अघि) ७० पाठक संख्या

काठमाण्डौ – भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।

 

नेता रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो । अहिले रायमाझीको मुटुको इसिजी गरेर डाक्टरको निगरानीमा राखिएको छ । स्वास्थ्यमा ठूलो समस्या नभए पनि मुटुको चाल कम भएको डाक्टर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस