आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवाको कार्यशैलीप्रति आक्रोशित कार्यकर्ताहरुद्धारा गृहजिल्लामै रिले अनसन

एपी खबर २०७८ आश्विन ७, बिहिबार (२ साल अघि) ४९३ पाठक संख्या

डडेल्धुरा-नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेस डडेल्धुराले बिहीबारदेखि रिले अनशन शुरु भएको छ।

सभापति देउवाको प्रत्यक्ष संलग्नतामा वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका क्रियासिल सदस्यता धाँधलीपूर्ण तरिकाले काटछाट गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै तत्काल अवैधानिक वडा अधिवेशन रद्द गरेर बिना कारण हटाइएका र आफुखुसी केन्द्रबाटै थप गरिएका क्रियासिल सदस्यता सम्बन्धि विवाद टुङ्याएर अधिवेशनको प्रकृया सुरुवात गर्न मागगर्दै रिले अनसन शुरु गरिएको नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।

जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रुपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आमरण अनशनमा बस्नु परेको उनले जानकारी दिए।

‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौं,’ कार्यवाहक सभापति भट्टले भने, ‘हामीले उठान गरेको सवालका सन्दर्भमा केन्द्रबाट कुनै जवाफ नआएपछि सत्याग्रह नै अन्तिम हतियार भएकाले अन्यायका बिरुद्ध अनशन बस्ने निर्णयमा पुगेका हौं।’

क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिन लगायतका माग अघि सारेर नेपाली काँग्रेस डडेल्धुराको पार्टी कार्यालय किसुनजी स्मृती भवमा अनशनमा रिले अनशन शुरु गरिएको र माग पुरा नहुन्जेलसम्म संघर्षका कार्यक्रमहरु जारी रहने नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ। जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको हो।

प्रधानमन्त्री तथा सभापति देउवाले परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साँउदलाई जिल्ला सभापति बनाउन पार्टीको विधान विपरित वडादेखि जिल्ला कार्यसमितिले पारित गरेर पठाएका चार सय ६० क्रियासिल सदस्यता हटाइएको र तीन सय १२ क्रियासिल सदस्यता जिल्लाको सिफारिस बिनानै थप गरिएको नेपाली काँग्रेस डडेल्धुराका नेताहरु बताउछन।

गत भाद्र २० गते केन्द्रले रातारात सार्वजनिक गरिएको क्रियासिल सदस्यता विवरण पार्टीको विधान, निर्देशिका र नियमावली बिरुद्ध भएको ठहरगर्दै भाद्र २२ गते सम्पन्न नेपाली काँग्रेस डडेल्धुराको बैठकले क्रियासिल सदस्यता विवाद नटुगिंएसम्मका लागि अधिवेशनका सबै कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको हो।

जिल्ला कार्यसमितिको निर्णय विपरित केन्द्रले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बलमे जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर भाद्र २५ गते एकपक्षीय कार्यकर्ताहरुको सहभागितामा वडा अधिवेशन सम्पन्न गरेका छन्। कतिपय वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधीका लागि आवश्यक संख्या नपुगे पनि अवैधानिक रुपमाा वडा अधिवेशन सम्पन्न गरिएका छन।

क्रियाशील सदस्यता विवाद नटुंग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले वडा अधिवेशन बहिष्कार गरेका थिए। अधिकांस कार्यकर्ताहरुले वडा अधिवेशन बहिस्कार गरेको भए पनि हाल घर घरमा रजिष्टर लगेर हस्ताक्षर गराउन थालिएको छ। प्रधानमन्त्री देउवाले जिल्लामा अश्तित्वमा रहेका दुईमध्ये एउटा गुटलाई काखी च्यापेर अवैधानिक काम गरिरहेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तिब्र आक्रोश ब्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस