आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जंगली जनावरका कारण बालबालीका आतंकित

सुप्रिया ढकाल २०७८ श्रावण २८, बिहिबार (२ साल अघि) ५०४ पाठक संख्या

२८ श्रावण, बारा । बाराको उत्तरी भेगका वनक्षेत्र आसपास बसोबास गर्ने स्थानिय शर्वसाधारण बादर लगाएत अन्य जंगली जनावरका कारण आक्रान्त बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने संरक्षित क्षेत्रबाट आउने बाघ, चितुवा, हात्ति, चित्तल, बदेल तथा बादर जस्ता जनावरको आतंक दिनानुदिन बढ्दै जादा वरपरका बासीन्दाको जनजिवन नै कष्टकर बन्दै गएको छ ।

 

खेतबारीमा लगाईएका अन्नबाली खाएर तथा माडेर नष्ट पार्ने, गोठमा बाख्रा, कुखुरा जस्ता जनावर खाईदिने आदि समस्याबाट दिनहु गुज्रिरहेका शर्वसाधारणहरुलाई आफ्ना बालबालीकाको सुरक्षा पनि चुनौतीको बिषय बनेको छ । हिंस्रक स्वभावका जंगली जनावरका कारण स–साना बालबालीका एक्लै घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएको जितपुरसिमरा उपमहानगरपालीका २ का वडा सदस्य धनबहादुर श्रेष्ठले बताउनुभयो ।

मधुवनका एक स्थानियका अनुसार जंगली बादरले स–साना बालबालीका देखे आक्रमण गर्ने गरेकाले ढोका छेउछाउमा लठ्ठि राख्ने र बालबालीकालाई अभिभावकको साथमा मात्रै बालबालीकालाई बाहिर लैजाने गरिन्छ । वनक्षेत्र भित्र प¥याप्त आहारा तथा पानी नपाएका कारण जंगली जनावर गाउ पस्ने गरेका छन् ।

 

यसबाट प्रताडित वनक्षेत्र आसपासका बासीन्दाको जनजिवन पुनः सहज बनाउन आरक्ष तथा वन समितिहरुले बिषेश निति लिनुपर्ने रामबनकि मनिसा लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस