आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वेपत्ता बाल पथ प्रर्दशक राहुल साहनी फेला पारी परिवारको जिम्मा लगाइयो ।

सुरेश कुमार पाण्डे, कपिलबस्तु २०७७ मंसिर १०, बुधबार (३ साल अघि) ५७१ पाठक संख्या

बेपत्ता भएका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ बर्षिय बाल पथ प्रर्दशक राहुल साहानी २४ दिन पछि फेला परेका छन । घरमा बुवा रिन्कु संग बिद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए । मुम्बई बस्ने कपिलबस्तु स्थित बुद्धभुमि नगरपालिका ८ चरिगवा वर्ष १९ का राकेश निषादले नेपाल टेलिभिजनमा राहुल हराएका समाचार हेरे पछि नेपाल टेलिभिजनका कपिलबस्तु संवाददातालाई सम्पर्क गरेका थिए ।

 

राकेश र राहुल मुम्बई जाने एउटै ट्रेनको बोगीमा बसेर गएकाले राहुल नासीक उर्लिएको हेरेका थिए । फेसबुकमा भाइरल भएको समाचार हेर्ने बित्तिकै उनको खोजविन गरि पत्ता लगाएर उनलाई आज शोरहतगढ सम्म पठाएका छन् ।

 

त्यहाबाट बुधवार बिहान उनलाई प्रहरी कार्यालय ल्याइएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले राहुल मर्यादपुर क्षेत्रमा भेटिएको र परिवारको जिम्मा लगाइएको बताउनु भएको छ ।

 

विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

 

राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई बर्ष भएको थियो । उनी १ सय भन्दा बढी पत्रकार लगायत बिभिन्न उच्च अधिकारीलाई समेत गाईड गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस