आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५५५८ महिला स्वास्थ्य स्वयंमसेविका स्वास्थ्य सामाग्री सहित समुदायमा सेवा प्रवाह गर्दै

अजय मिश्र, कपिलबस्तु २०७८ अषाढ ८, मंगलबार (२ साल अघि) ४०३ पाठक संख्या

सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही ,बाके ,बर्दिया , दाङ ,पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो ।

 

कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ । सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो ।

 

कोरोना महामारीका बेला महिला स्वास्थ्य स्वयमसेविकाहरु निरन्तर आफ्नो भुमिका निर्वाह गरिहेका छन् । स्वयमसेविकाहरुको हौसला बढाउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालित कोरोना प्रतिकार्य योजना कार्यक्रम अन्तगर्त प्रदेशका बिभिन्न जिल्लामा यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै गईरहेको संस्थाका कार्यक्रम अधिकृत अजय चौधरीले बताउनुभएको छ ।

 

यता स्वास्थ्य सामाग्री पाएपछि यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक केन्द्रलाई धन्यावद दिदै महामारीको समयमा स्वास्थ सामाग्री पाएपछि थप राहत मिलेको महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस