आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनुसासन नै विद्यार्थीहरूको गहना होः मौलाना मशहूद

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र ३०, बुधबार (२ साल अघि) ५५३ पाठक संख्या

कपिलवस्तु । “सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कपिलवस्तुमा बालबालीकाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

कृष्णनगर नगरपालिकाले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बाल अधिकार संरक्षण हामी सबैको दायित्व भएको बताउनुभयो । उहाले नगरको सरसफाइमा विद्यार्थीहरुको भुमिका अहम हुनुपर्ने बताउनुभयो ।

 

यस्तै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बाल बालिकाहरूको सर्वांगिण विकासमा आमाको भूमिका महत्वपूर्ण हुने भएकाले घरबाटै अनुशासनको पाठ पढाउनुपर्ने बताउनुभयो । अनुसासन नै बालबालिका तथा विद्यार्थीहरूको गहना रहेको खां नेपालीको भनाई छ । यसैबिच प्रमुख प्रशासकीय अधिकृत कार्कीले बालबालिकाहरुको विकासका लागि नगरपालिकाले बजेट छुट्याएको जानकारी दिदै उनिहरुको उज्जवल भविष्यको कामना गर्नुभयो ।

 

कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको अध्यक्षतामा समपन्न कार्यक्रममा शान्ति पुनस्र्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा, वडा अध्यक्ष संजय कुमार गुप्ता, वडा अध्यक्ष छेदी प्रसाद यादव, वडा अध्यक्ष मोहम्मद मोवीन खां, जाहिर आजाद झण्डानगरी, विद्यार्थी, शिक्षक, समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । उपस्थित बालबालीकाहरुलाई युनिसेफका प्रकाश कैनीले प्रशिक्षण दिनुभएको थियो ।

 

कार्यक्रमको सहजिकरण ईश्वरीप्रसाद पौडेलले गर्नुभएको थियो भने नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्यायले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस