आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस स्वतन्त्रता विरोधी विधेयक कुनै पनि हालतमा संसदमा ल्याउन दिन्न : सभापति  देउवा

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (४ साल अघि) २९७ पाठक संख्या

जेठ ४
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप आफुहरुलाई मान्य नहुने बताउनुभएको छ ।

शनिवार विराटनगरमा सञ्चारकर्मीसंग सभापति देउवाले अलोकतान्त्रिक र प्रेस स्वतन्त्रता विरोधी विधेयक कुनै पनि हालतमा संसदमा ल्याउन नदिने जानकारी दिनुभयो । उहाँले लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका विधेयकहरु फिर्ता गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले अलोकतान्त्रिक विधेयकहरुको संसदबाटै विरोध गरिने बताउदै बन्द-हडताल जस्ता कार्यक्रमका सट्टा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिनुभयो ।

सभापति देउबाले जथाभावी लेख्ने पत्रकारहरु माथिको विश्वसनियता आफै समाप्त हुने बताउदै पुरानो व्यवस्थामा नै जथाभावी लेख्ने पत्रकारहरु माथि मुद्दा हाल्न सकिने अवस्था रहेको बताउनु भयो ।

एक फरक प्रसंगमा सभापति देउबाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस