आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्मिको कारण जीतपुरसिमरा उपमहानगर भित्रको सम्पूर्ण बिद्यालय २ दिन बन्द रहने

प्रिती कुमारी, जीतपुर २०८० जेष्ठ १७, बुधबार (११ महिना अघि) १८० पाठक संख्या

जीतपुर: बारा लगाएत तराईमा लगतार केही दिन देखि बढदै गएको गर्मीको कारण जनजिवन प्रभावित बनेको छ।अत्याधिक गर्मी बढे संगै जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेको सम्पूर्ण बिद्यालय २ दिन बन्द हुने भएको छ।

 

अत्याधिक गर्मी बढे संगै कक्षा कोठामै केही बिद्यार्थी बेहोस हुन थालेको जनगुनासो आए पछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो उपमहानगर भित्र संचालनमा रहेको सम्पूर्ण बिद्यालय बिहिवार र शुक्रबार २ दिन बन्द गर्ने निर्णय गरेको छ।

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाले बुधवार सुचना जारी गर्दै बर्खे बिदामा मिलान हुने गरि २ दिन बिधालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरिले बताए।

प्रतिक्रिया दिनुहोस