आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौँमा हुने

एपी खबर २०८० आश्विन ५, शुक्रबार (७ महिना अघि) १०२ पाठक संख्या

काठमाडौं –नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ। काठमाडौँको भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

 

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेले अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताए। एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने उल्लेख गरे। यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस