आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

एपी खबर २०८० आश्विन १६, मंगलबार (७ महिना अघि) १२७ पाठक संख्या

काठमाण्डाै – नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभयो । खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याउनुभयो । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुँदा शैलेश लामाले ३ सय ८१ मत प्राप्त गर्नुभयो ।

 

उपसचिवमा जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित हुनुभएको छ । उपसचिवका अर्का उम्मेदवार खेम नेपालीले ३ सय ९८ मत ल्याउनुभयो । यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो ।

 

अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो । त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ ।

 

उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रविन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो । महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस