आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल तरुण दलका केन्द्रिय कमिटिको प्रचार बिभाग सदस्य एमाले प्रवेश

एपी खबर २०८० कार्तिक १९, आईतबार (६ महिना अघि) १९० पाठक संख्या

बारा : नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रिय कमिटिको प्रचार बिभाग सदस्य तथा बारा क्षेत्र न ४ क को प्रदेश सदस्य आशिष श्रेष्ठ शनिवार एमालेश प्रवेश गरेको छ । त्यसै गरि नेकपा माओवादी केन्द्रका जीतपुरसिमरा उपमहानगरपालेका वडा न ३ का वाईसियल वडा कमिटि अध्यक्ष सोम बहादुर तामाङ्ग उर्फ छेवन तामाङ्ग पनि नेकपा एमाले पार्टी प्रवेश गरेको छ ।

 

सिमरा स्थित होटेल क्लासिक प्लाजामा एक समारोहका बीच दुवै जनाले नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रेशि दुवै जनालाई नेकपा एमालेको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबिर र मलाई लगाई पार्टीमा स्वागत गर्नु भएको थियो । उक्त पार्टी प्रवेश कार्यक्रमा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ का वडा अध्यक्ष एवं नेकपा एमालेको मधेश प्रदेश सदस्य तारा बहादुर कार्की ,वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस