आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदै

एपी खबर २०८० मंसिर १४, बिहिबार (५ महिना अघि) १४८ पाठक संख्या

काठमाडौँ– नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट बिहान साढे ८ बजे मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन गर्दैछन् । बैतडीकै खोड्पेमा आज सन्देश सभा समेत आयोजना हुनेछ ।

 

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू हिजो नै बैतडीको झुलाघाट पुगिसकेका छन् ।पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ ।एमालेका अनुसार झुलाघाट (बैतडी) –चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन साता (पुस २) सम्म चल्नेछ । एमालेले यो यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस