आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लामो समयदेखि बन्द रहेका उद्योगहरू सञ्चालन गर्ने तयारी : प्रधानमन्त्री प्रचण्ड

एपी खबर २०८० माघ १५, सोमबार (३ महिना अघि) १९७ पाठक संख्या

वीरगञ्ज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि बन्द रहेका उद्योगहरू सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताए ।

 

‘हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणाअनुरूप सञ्चालन गर्ने निर्णय गरेका छौं’, प्रधानमन्त्री दाहालले भने ,’ अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।’ कतिपय उद्योग नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए।जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पारे ।

 

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमूल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउनुहुँदै उनले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस