आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा तेस्रो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता असोज ७ देखि हुने

अखिलेश कुमार यादव २०८० भाद्र २३, शनिबार (८ महिना अघि) १०३ पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी तेस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । असोज ७ देखि १३ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र अन्तराष्ट्रिय लगाएत १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ । भारतको दार्जिलिङ, कलकत्ता र बंगलादेश भेट्रान्स फूटबल क्लब (सार्क राष्ट्र) सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले शनिवार सिमरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, नवलपरासी, सिमरा भेट्रान क्लब सिमरा, विराटनगर लगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देशी विदेशी गरी १२ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए । अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित २४ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । २०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो । उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताए । सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।

 

तेस्रो अन्तराष्ट्रिय भेट्रान क्लबमा मुख्य सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ भने मुख्य प्रायोजकमा जगदम्बा स्टील ,प्रायोजकमा हुलास स्टील,सूर्य नेपाल,नारायणी रेलिंग्स मिल्स ,नबिल बैंक रहेको आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस