आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आर्मीलाई हराउँदै मधेश प्रदेशले उचाल्यो केपी ओली कपको उपाधी

AuthorAP Khabar२०८० मंसिर १५, शुक्रबार (५ महिना अघि) १११ पाठक संख्या

पोखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप-२०८० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा क्रिकेट रंगशालामा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो ।

 

 

मधेश प्रदेशले ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । १ सय ३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आर्मीले ७ विकेटको क्षतिमा १ सय २४ रन बनायो । आर्मीका लागि विनोद भण्डारीले ३० बलमा सर्वाधिक ३२ रन बनाएका थिए । विवेक यादवले २५, भीम सार्कीले २२, सन्तोष कार्कीले १६ रन बनाए ।

 

 

मधेशका विशाल पटेलले नटआउट रहँदै ३२ बलमा ४९ रन बनाएका थिए । कप्तान हरिशंकर शाहले २७, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १० रन जोडेका थिए ।मधेश प्रदेशका कप्तान हरिशंकर शाह फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

 

४ ओभर बलिङ गरेका उनले १९ रन खर्चिएर ४ विकेट लिएका थिए ।प्रतियोगिताका विजेता मधेशले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस