आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एसिसी यू–१९ः भारतसँग १० विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

एपी खबर २०८० मंसिर २६, मंगलबार (४ महिना अघि) १०८ पाठक संख्या

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका आर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।

 

यसअघि दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बाेहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएकाे थियाे ।

 

बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए । लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ । नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले र दाेस्राे खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस