आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इंग्ल्याण्डविरुद्धकाे टी–२० सिरिज वेस्टइन्डिजलाई

एपी खबर २०८० पौष ६, शुक्रबार (४ महिना अघि) १८९ पाठक संख्या

काठमाडौँ– वेस्टइन्डिजले इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३–२ ले जितेको हो । इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १९ ओभर २ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

 

वेस्टइन्डिजका लागि शाई होपले अविजित ४३ रनको योगदान गरे । यसैगरी, शेर्फान रादरफोर्डले ३०, जोनसन चार्ल्सले २७ र निकोलस पुरनले १० रन बनाए ।इंग्ल्याण्डका आदिल राशिद र रिस टोप्लीले दुई–दुई तथा क्रिस वोक्स र साम करनले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १९ ओभर ३ बलमा अल आउट हुँदै १ सय ३२ रन बनाएको थियो ।योसँगै पाँच खेलको टी–२० सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । यसअघि वेस्टइन्डिजले ४ विकेट र १० रन तथा इंग्ल्याण्डले ७ विकेट र ७५ रनको जित निकालेका थिए । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस