आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फिफा द्वारा ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी

एपी खबर २०८० पौष १०, मंगलबार (४ महिना अघि) १६६ पाठक संख्या

काठमाडौँ– विश्व फुटबलको उच्च निकाय फिफाले ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।

 

फिफाले ब्राजिली फुटबल संघको जनवरीमा हुने भनिएको निर्वाचनलाई लिएर राष्ट्रिय टिम र क्लबलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्न सक्ने चेतावनी दिएको हो । यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने जनाइएको छ । रियो दी जेनेरियोको एक अदालतले फुटबल संघको चुनावमा अनियमितताको कारण देखाउँदै रोड्रिग्ससहित सङ्घमा उनीद्वारा नियुक्त सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस