आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल प्रो क्लब च्याम्पिनसिपमा नेपाल पुलिस क्लबले तेस्रो जित

एपी खबर २०८० पौष १०, मंगलबार (४ महिना अघि) १८४ पाठक संख्या

बिरगंज :  नेपाल प्रो क्लब च्याम्पिनसिपमा नेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ। आज वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले घरेलु टिम पार्सा क्लब ११ लाई २५ रनले पराजित गर्‍यो।पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा १२४ रन जोड्यो। पुलिसका लागि करण केसीले १२ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन र अमित श्रेष्ठले नटआउट २५ रन जोडे। बलिङमा पर्साका अनिल साहले २ विकेट लिए।

 

१२५ रनको लक्ष्य पछ्याएको पर्साले २० ओभरमा ८ विकेट गुमाउँदा ९९ रन जोड्न सक्यो। उसका लागि पवन सर्राफले सबैभन्दा बढी ३२ रन जोडे भने कप्तान सन्दीप लामिछानेले २३ रन बनाए। बलिङमा पुलिसका सागर ढकाल, ललित राजवंशी र करण केसीले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस