आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा जारी प्रो क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई

एपी खबर २०८० पौष १४, शनिबार (४ महिना अघि) २०७ पाठक संख्या

 वीरगन्ज । वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि उचालेको हो । नेपाल पुलिसले निर्धारि २० ओभरमा दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ले ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो ।

 

पर्साका लागि अनिल शाहले सर्बाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पर्साको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशी र रशिद खानले २-२ विकेट लिएका थिए । त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउदै १४५ रन बनाएको थियो ।

 

पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए । प्रो क्लब च्याम्पियनशिपको उपाधि उचालेका नेपाल पुलिस क्लबले मेडल प्रमाणपत्र सहित ५ लाख पुरस्कार पाएका छन् भने पर्सा ११ ले मेडल प्रमाणपत्र सहित ३ लाख पुरस्कार पाएका छन ।

प्रतिक्रिया दिनुहोस