आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि एपीएफ क्लबलाई

एपी खबर २०८० पौष १८, बुधबार (४ महिना अघि) ११० पाठक संख्या

काठमाण्डाै – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे । एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् । एपीएफले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता काेशीले ३ लाख रुपैयाँ प्राप्त गर्‍याे । यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी चुनिएकी काेशीकी कप्तान रुबिना क्षेत्रीले स्कुटर प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस