आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानसँगकाे टी–२० शृङ्खलाका लागि राेहित शर्मा र विराट काेहली टाेलीमा फर्किए

एपी खबर २०८० पौष २३, सोमबार (४ महिना अघि) १४६ पाठक संख्या

काठमाण्डाै – अफगानिस्तानसँगकाे टी–२० शृङ्खलाका लागि राेहित शर्मा र विराट काेहली टाेलीमा फर्किएका छन् । भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले अफगानिस्तानसँगकाे तीन खेलकाे टी–२० शृङ्खला घाेषणा गर्दै राेहित र विराट टाेलीमा फर्किएका जानकारी दिएकाे हाे ।

 

राेहित र विराटले भारतका लागि पछिल्लाे पटक सन् २०२२ नाेभेम्बर १० मा अस्ट्रेलियामा टी–२० खेलेका थिए । तीन खेलकाे टी–२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदैछ । दाेस्राे खेल १४ र तेस्राे खेल जनवरी १७ मा हुनेछ । तीन खेलकाे शृङ्खलाका लागि अफगानिस्तानकाे टाेली भारत आउनेछ । अफगानिस्तानले यसअघि नै टाेलीकाे घाेषणा गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस