आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा

एपी खबर २०८० चैत्र ११, आईतबार (१ महिना अघि) ७८ पाठक संख्या

काठमाडौँ : आयरल्याण्ड वुल्भ्ससँगको सिरिजका लागि नेपालको ‘ए’ टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा टी–२० र वानडे टोली घोषणा गरेको हो ।

 

टिममा अर्जुन घर्ती, नारायण जोशी, विकास आग्रीलगायत खेलाडीले पहिलोपटक टिममा मौका पाएका छन् । टिममा अलराउन्डर कमल सिंह ऐरीले पनि पुनरागमन गरेका छन् । नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको टी–२० सिरिजको खेल यही २८, २९ र ३१ मार्चमा हुनेछ । यस्तै, यी दुई टोलीले ३, ५ र ७ अप्रिलमा एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस