आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुजरात टाइटन द्वारा मुम्बई इण्डियन्स ६ रनले पराजित

AuthorAP Khabar २०८० चैत्र १२, सोमबार ( ३ महिना अघि) १४१ पाठक संख्या

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ। टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा मुम्बई पराजित भएको हो।

 

मुम्बइका लागि गुजरातले ६ विकेटको क्षतिमा १६८ रनको चुनौती दिएको थियो। गुजरातका लागि साई सुदर्शन सर्वाधिक ४५ रन बनाए। सुभमन गिलले ३१ रन बनाएका थिए भने राहुल तेवाटियाले २२ रन जोडेका थिए। गुजरातलाई सस्तैमा समेट्न मुम्बइका लागि जसप्रित बुम्राराहले तीन विकेट लिएका थिए। १६८ रनको लक्ष्य पछ्याएको मुम्बई पूरै २० ओभेर खेल्दै १६२ रनमा समेटिएको हो। मुम्बइका लागि डिवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाउँदा रोहित शर्माले ४३ रन बनाए। तर यो जितका लागि पर्याप्त भएन।

 

मुम्बइको इनिङ्स धराप पार्न गुजरातका लागि अजमातुल्लाह उमरजाई, उमेश यादव, स्पेन्सर जनसन र मोहित शर्माले २–२ विकेट लिए भने साइ किशोरले १ विकेट हात पारे।आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस