आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुजरात टाइटन्स माथि लखनउको शानदार जीत

एपी खबर २०८० चैत्र २६, सोमबार (३ हप्ता अघि) ८० पाठक संख्या

सिमरा : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो। यस अघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

 

यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अङ्क भएको छ र अङ्कतालिकामा तेस्रो स्थानमा रहेको छ। त्यसै गरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस