आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

एपी खबर २०७७ मंसिर १७, बुधबार (३ साल अघि) ५१५ पाठक संख्या

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ ।लोकसभा सांसदसमेत रहेका ६४ वर्षीय देओल हाल आइसोलेसनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताएका छन् ।

 

साथै उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

 

देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन्। हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए ।

 

मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा काेराेना संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस