आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसोका कारण जीतपुरसिमरा उपमहानगरको विद्यालय थप्प ६ दिनका लागि बन्द

अखिलेश कुमार यादव २०७९ पौष २२, शुक्रबार (१ साल अघि) २०८ पाठक संख्या

सिमरा- बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरू अब पुष २९ गते सम्म बन्द रहने भएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले पुष १८ गते विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने अहिले सम्म चिसो बढ्दै गएकोले गर्दा पुष २४ गते देखि २९ गते सम्म बिद्यालय बन्द रहने जीतपुरसिमरा उपमहानगरले शुक्रबार जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

 

नगर शिक्षा समिति को निर्णय अनुसार हाल सम्म मौसम सुधार नभएको कारण जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,गते देखि २९ गते सम्म बन्द रहने उपमहानगरपालिकाको शिक्षा अधिकृत शिवजी प्रसाद कुशवाहाले जानकारी दिनुभएको छ ।

 

केहि दिन देखि बारा जिल्ला लगाएत तराईमा बढेको चिसोको कारण बिधयार्थिहरुलाई पठनपाठनमा समस्या आए पछि जीतपुरसिमरा उपमहानगरपालिकाको सम्पूर्ण बिधयालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस