आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसो बढे संगै जीतपुर बजारमा चहलपहल घट्यो,सोचे जति हुदैन ब्यापार(फोटोसहित)

अखिलेश कुमार यादव २०७९ पौष २३, शनिबार (१ साल अघि) २६० पाठक संख्या

सिमरा: बारा जिल्लाको मुख्य बजारको रुपमा रहेको जीतपुर बजारमा चिसो बढे संगै भिडभाड निकै कम भएको छ ।बिगत ४ दिन देखि तराईमा बढ्दै गएको चिसोको कारण अहिले तराईको जीवन कष्टकर बन्दै गएको छ ।

कुनै बेला भिडनै भिडले भरेको बाराको जीतपुर बजार अहिले चिसो बढे संगै सुनसान जस्तो देखिन थालेको छ ।चिसो बढे संगै अहिले प्राय मानिसहरु घर बाट बाहिर ननिस्किने गरेको कारण बजारमा चहलपहल खासै न देखिएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

 

बारा जिल्लाको मुख्य बजारको रुपमा रहेको जीतपुर बजारमा बागमती प्रदेशको राजधानी हेटौडा बाट बजार गर्ने आउनेको संख्या धेरै मात्रामा घटेको र आफुहरुले सोचे जस्तो व्यवसाय हुन् न सकेको व्यवसायीहरुले एपीखबरलाई जनाएको छ ।

कुनै बेला बिहान ७ बजे देखि भरिभराउ रहने बाराको जीतपुर बजार अहिले सुनसान भएको देखिन थालेको हो । बेलुका ४/५ बजे देखि मात्र बजारमा चहलपहल बढेको मात्र देखिने गरेको हो ।जीतपुर बजारमा हेटौडा,अमलेखगंज देखि लिएर टाढा टाढाको मान्छेहरु बजार गर्न आउने गर्छ भने अहिले चिसो बढे संगै टाढा बाट आउने मान्छेहरुको संख्यामा धेरै नै कमि आएको पाईएको छ ।

मौशम सफा भए संगै फेरि चहलपहल सुरु हुने र व्यवसाय पहिलाको जस्तै हुनेमा आफुहरु बिश्वस्त रहेको व्यवसायीहरुले बताएको छ । यता चिसो बढे संगै अहिले बरा लगाएत तराईको जिल्लाको बासिन्दाहरुको जीवन कष्टकर बन्दै गएको भए पनि तिनै तहको सरकारले अहिले सम्म केहि राहत न बितरण गरेको स्थानीयहरू दुखेसो गर्ने गरेका छन् । चिसो बढे संगै तराईमा बिद्यालयहरु बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस