आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकलको ठक्करबाट बारामा एक महिलाको मृत्यु

एपी खबर २०७९ पौष २७, बुधबार (१ साल अघि) १८१ पाठक संख्या

सिमरा –चिसो बढे संगै बारा जिल्लामा मोटरसाइकल दुर्घटनाको संख्या बढ्दै गएको छ मंगलबार राति मोटरसाईकलको ठक्करबाट बारामा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका- २ बस्ने ५८ वर्षीया ज्ञान्ती चौधरी रहेको बारा प्रहरीले जनाएको छ ।

 

गएराति साढे ७ बाजेकाे समयमा बा.२९ प ७०१८ नम्बरको मोटरसाइकलले सिम्रौनगढ- २ बगेवा टोलमा पैदल हिँडिरहेकी चौधरीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।उनको उपचारको क्रममा एल एस न्यूरो अस्पताल परवानिपुरमा राती सवा ९ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।दुर्घटनामा परी मोटरसाइकल चालक सोही स्थानका कुन्दन चौधरी पनि घाइते भएका छन्।उनको सिम्रौनगढकै तामागढी अस्पतालमा उपचार भइरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस