आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा

एपी खबर २०७९ पौष २९, शुक्रबार (१ साल अघि) १३७ पाठक संख्या

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् ।

 

विहिबार उच्च अदालत पाटनका न्यायधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको ईजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दप धरौटी बुझाएर आज रिहा भएका हुन् । अदालतबाट बाहिरिदा हात हल्लाउँदै निक्लिएका लामिछाने खुसी मुद्रामा देखिएका थिए । उनी रिहा हुने खबर पाएका उनका समर्थकहरु उनकोलाई स्वागत गर्न अदालत परिसरमै पुगेका थिए । सन्दीप बाहिरिदा समर्थकहरुले सन्दीपको पक्षमा नारा समेत लगाएका थिए ।

 

पक्राउ परेको ९९ दिनपछि मुक्त हुँदा सन्दीप नयाँ ‘लुक्स’ मा देखिएका थिए । जुँगा पालेका सन्दीपले कपाल पालेका छन् । उनले ज्याकेटको रंगसँग मिलाएर ‘हेडब्यान्ड’ समेत लगाएका थिए ।यस अघि जिल्ला अदालत काठमाण्डौले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । नाबालिगलाई जर्बजस्ती करणीको आरोपमा मुद्दा दायर भएपछि उनीविरुद्ध पक्राऊ आदेश जारी भएको थियो । तर, सन्दीप विदेशमा लामो समय रहेपछि इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस