आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिमान दुर्घटनामा ३१ जनाको शव भेटियो, कास्कीका सीडीओ भन्छन्– जिवित भेटाउने सम्भावना कम

एपी खबर २०७९ माघ १, आईतबार (१ साल अघि) १३९ पाठक संख्या

काठमाडौं– पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।

 

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

यता कास्कीको प्रमुख जिल्ला अधिकारि टेकप्रसाद अधिकारीले जिवित यात्रु भेटाउने सम्भावना कम रहेको बताए ।पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

प्रतिक्रिया दिनुहोस