आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा ३० लाखको लागतमा सडक ढलान हुँदै

एपी खबर २०७९ माघ १३, शुक्रबार (१ साल अघि) २७४ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा शुक्रबार एक कार्यक्रमको बीच सडक ढलानको शिलान्याश गरिएको छ ।

 

वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ता वडा सदस्य सिता उपरेतीले संयुक्त रुपमा सडक ढलानको शुक्रबार शिलान्याश गरेको छ । सहरी बिकाश मन्त्रालय बाट ३० लाखको लागतमा सडक ढलान कार्य आज देखि सुरु गरिएको हो ।

 

रकम फ्रीज हुन् २ दिन मात्र बाकि रहेको बेला आफुहरु पहल गरेर सडक ढलान गर्ने प्रतिबद्धता जनाए पछि सहरी बिकाश मन्त्रालयले बजेट बिनियोजन गरेको उपभोक्ता समितिको अध्यक्ष अब्दुला अन्सारीले बताएको छ ।संजीवनी बाटिका बृद्ध आश्रम देखि ब्यापुल अन्सारीको घर सम्म,कमरुल हकको घर देखि लिएर राव नर्शिंग होम लगाएत अन्य २ ठाउँमा समेत सडक ढलान हुने अध्यक्ष अन्सारीले बताएको छ ।

 

पानि परेको बेला सडक बाट आवत जावतमा निकैनै समस्या हुने गरेको र अब सडक ढलान निर्माण संगै आवत जावतमा सजिलो हुने भए पछि स्थानीयहरू हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस