आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै

एपी खबर २०७९ फागुन २२, सोमबार (१ साल अघि) १४२ पाठक संख्या

काठमाण्डाै – आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

 

फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।

 

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइन्छ ।

 

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा भनिएको छ । होली पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । यसैबीच, प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस