आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर बजारमा होलीको चहलपहल बढ्यो (फोटोसहित)

अखिलेश कुमार यादव २०७९ फागुन २२, सोमबार (१ साल अघि) १९५ पाठक संख्या

सिमरा : जीतपुर बजार क्षेत्रमा रंगहरुको पर्व होलीको चहलपहल बढेको छ । जीतपुर बजार क्षेत्रमा होलीलाई लक्षित गरेर कपडा, रंग, पिचकारी तथा बेलुनको विक्रीवितरण सुरु भएको छ । विशेष गरी जीतपुरको सिमरा रोड क्षेत्र र तरकारी बजार क्षेत्रमा अहिले रंगिन कपडाहरुले सजिएको छ ।

होलीलाई लक्षित गरेर सेतो रंगको कपडा किन्नेको भीड नै लाग्न थालेको छ । यसवर्ष फाल्गुन २२ र २३ गते होली परेको छ । जीतपुरमा यस पल्ट २ दिन होली खेल्ने भएको छ । स्थानीय व्यापारीका अनुसार होलीमा विशेष गरी सेतो रंगको कपडाको माग रहेको छ । कपडा अनुसार मूल्य रहेको व्यवसायीले बताएका छन् ।

उनीहरुले १५० रुपैयाँदेखि सेतो कपडाको मूल्य सुरु हुने जानकारी दिए ।तराईमा होलि का नाम सुन्ने बितिकै यहाँका स्थानीयमा बेगलाई उमंग आउने गरेको छ । यता जिल्ला प्रहरी कार्यालय बाराले होलीमा कसैको इक्षा बिपरीर रंग लगाउनेलाई कारवाही गर्ने भएको छ ।होलि पर्वमा सबैले आफ्नो तर्फ बाट सभ्य र भब्य रुपमा मनाई दिन प्रहरीले बारा जिल्ला बासि संग अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस