आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहित उपभोक्ता समितिको १५ औं र १६ औं संयुक्त बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०७९ फागुन २७, शनिबार (१ साल अघि) १५६ पाठक संख्या

सिमरा :बारा जिल्लाको सिमरामा रहेको जनहित उपभोक्ता समितिको १५ औं र १६ औं संयुक्त बार्षिक साधारण सभा शुक्रबार कार्यालय परिसरमा सम्पन्न भएको छ ।

 

जनहित उपभोक्ता समितिको १५ औं र १६ औं संयुक्त बार्षिक साधारण सभाको प्रमुख अतिथि बारा क्षेत्र न ४ क को मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गमलामा पानि हालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको सभा अध्यक्षता गर्नु भएको जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले २ बर्ष को बार्षिक साधारण सभा कार्यसमिति बिहिन भएकोले समयमा न गरेको बताउनु भएको थियो ।पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र जनहित उपभोक्ता समिति पर्ने भएकोले पर्सा राष्ट्रिय निकुञ्जले जनहित उपभोक्ता समितिको मुख्य आम्दानीको श्रोत रहेको भेडा खोलामा बालुवा उत्खनन्नमा सहयोग न गरेको प्रति अध्यक्ष श्रेष्ठले दुखेसो पोखे ।

त्यस्तै उहाँले जनहित उपभोक्ता समितिको पन्चबर्षीय योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।जनहित उपभोक्ता समिति सिमरा बाराले त्यस क्षेत्र भित्र रहेका वन,जंगल ,बन्यजन्तुको संरक्षण गर्दै आईरहेको भए पनि कतै बाट सहयोग न पाउनु निकै नै दुखद रहेको समेत उहाँले बताउनु भयो ।जनहित उपभोक्ता समिति सिमरा बाराको १५ औं र १६ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देवनारायण चौधरीले जनताको हितको लागि कार्य गर्दै आईरहेको यस संस्थाले समाजको हितको लागि बन्यजन्तु संरक्षणमा अहम भूमिका खेल्दै आईरहेको र आम नागरिकले शुद्ध अक्सिजन प्राप्त गर्नको लागि वन जंगलाको संरक्षण गर्दै आईरहेकोमा उहाँले जनहित उपभोक्ता समितिलाई धन्यावाद व्यक्त गर्नु भएको थियो ।त्यस्तै उहाँले आफुले आउदो दिनमा जनहित उपभोक्ता समितिलाई आफ्नो प्रदेश सभा कोष र परदेश सरकार बाट सहयोग गर्ने बताउनु भयो ।

 

कार्यक्रममा सिमरा महिला सहकारी संस्थाको कोषाध्यक्ष गीता शर्मा,श्री प्रभात फेरि दुध उत्पादक सहकारी संस्थाको अध्यक्ष मधुकर अधिकारी,मुसहरनी माई सामुदायिक बनको अध्यक्ष कुबेर न्यौपानेले शुभकामना मन्तब्य राखेको थियो भने कार्यक्रम संचालन भिमेश्वर मध्यवर्ती सामुदायिक वन को अध्यक्ष पेशल मुल्मीले गर्नु भएको थियो ।

उक्त बार्षिक साधारण सभा कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बाहादुर कार्की , जनहित उपभोक्ता समिति अनतर्गत पर्ने सामुदायिक वन,मध्यवर्ती वन र पर्सा राष्ट्रिय निकुञ्जको रेञ्जर लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस