आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

AuthorAP Khabar२०७९ चैत्र ३, शुक्रबार (१ साल अघि) १५४ पाठक संख्या

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

 

३० हजार ३२८ मतभार ल्याउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनलाई संघीय संसदका १८४ र प्रदेशका ३२९ सांसदले मत दिए। यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

यस्तै, उनका प्रतिष्पर्धी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट १६९ जना सांसदको मत पाइन् भने संघीय संसदबाट १०४ जना सांसदको मत प्राप्त गरिन्। उपराष्ट्रपतिका अर्का उम्मेदवार जनमत पार्टीकी ममता झाले प्रदेश सभाबाट १५ र संघीय संसदबाट २३ मत प्राप्त गरिन्।

 

 

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका थिए। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहन्छ।

 

 

निर्वाचनमा राप्रपा र नेमकिपाले निर्वाचनमा भाग लिएका थिएनन्।

प्रतिक्रिया दिनुहोस