आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ साल अघि) १६६ पाठक संख्या

काठमाडौँ: स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।जल ताथ मौसम विज्ञान विभागका अनुसार आज देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हावा हुरी चल्ने र हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ।

 

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको तराईको भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस