आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा अध्यक्ष सुनिल गुप्ता आफै जुटे जीतपुरको फोहोर व्यवस्थापनमा

अखिलेश कुमार यादव २०८० बैशाख १३, बुधबार (१ साल अघि) १०२ पाठक संख्या

सिमरा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरको फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो न देखाएको कारण पुरै जीतपुर बजारनै फोहोरमै बनेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको राजधानी रहेको जीतपुर बजारमा पनि उपमहानगरले फोहोर व्यवस्थापन गर्न सकेको छैन ।

 

१ हप्ता देखि फोहोर व्यवस्थापन हुन् नसके पछि खबर पाउने बितिकै बुधवार बिहान जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल गुप्ताले आफै नगरपालिकाको ट्याक्टर पिकअप र सरसफाई कर्मीलाई लिएर सरसफाईमा जुटेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोर व्यवस्थापन न भएको कारण दैनिकी बजार गर्न आउनेको संख्या समेत घटेको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।

यता उपमहानगरपालिकाले टेन्डर दिएको ठेकेदार समयमा उपमानगरमा नाउने गरेको कारण सरसफाई हुन् नसकेको छ । जीतपुरको तरकारी बजार,कपडा बजार जीतपुर पथलैया सडक खण्ड लगाएत दरजनौ ठाउँमा फोहोर जथाभावी रुपमा फालिएको क्कार्ण बिभिन्न किसमको रोग समेत लाग्ने गरेको भए पनि उपमहानगरको ध्यान फोहोर व्यवस्थापन तर्फ जान सकेको छैन ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफुले नगरप्रमुखलाइ बारम्बार फोहोर व्यवस्थापन गर्न अनुरोध गरे पनि नगरप्रमुख राजन पौडेलले आश्वासन मात्र दिने गरेको बताउनु भएको छ ।


त्यस्तै उहाँले अब हरेक दिन सरसफाइ कर्मीलाई फोहोर उठाउन निर्देशन समेत दिनु भएको छ । अब देखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनमा चासो लिदैं भने वडा न ७ को कार्यालय बाट प्रदान हुने सेवा प्रवाह बन्द गर्ने समेत अध्यक्ष गुप्ताले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस