आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथों बकुलिया भवानीपुर गोल्ड कप बैशाख २३ गते देखि हुने,बिजेताले १ लाख ५० हजार पाउने

अखिलेश कुमार यादव २०८० बैशाख १८, सोमबार (१२ महिना अघि) १५८ पाठक संख्या

सिमरा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ बकुलियायामा चौथों बकुलिया भवानीपुर गोल्ड कप प्रतियोगिता हुने भएको छ ।बकुलिया खेल मैदानमा बैशाख २३ गते देखि सुरु हुने चौथो बकुलिया भवानीपुर गोल्ड कप प्रतियोगिता बैशाख ३० गते सम्म संचालन हुने आयोजक जन कल्याणकारी क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ ।प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहने भएको छ ।चौथौं बकुलिया भवानीपुर गोल्ड कपमा आयोजक बकुलिया टिम,बिरगंज युनाईटेड बिरगंज,मकवानपुर ११ मकवानपुर,एपिएफ बर्दिबास,जन उत्थान क्लब सिन्धुली,सर्लाही क्लब सर्लाही,चितवन फूटबल क्लब चितवन र बिरगंज युथ एकेडमी बिरगंज लगाएत ८ वटा टिमले प्रतियोगिता खेल्ने भएको छ ।प्रतियोगिताको बिजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको व्यवस्थापनमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ५ को कार्यालयले ५ लाख सहयोग गरेको वडा अध्यक्ष दिपेन्द्र चौधरीले बताउनु भयो ।प्रतियोगिता बारे जानकारी गराउन जन कल्याणकारी क्लब बकुलियाले आयोजना गरेको पत्रकार सम्मेलनको उद्घाटन मधेश प्रदेशको बारा क्षेत्र न ४ को प्रदेश सभा सदस्य देवनारायण चौधरी,वडा अध्यक्ष दिपेन्द्र चौधरी लगाएतका अतिथिहरुले मैनबती बालेर गर्नु भएको थियो ।

बैशाख २३ गते देखि सुरु हुने उक्त प्रतियोगिताको लागत १५ लाख रहेको जसमा ५ लाख वडाले बाँकी रुपैया चन्दा संकलन गरेर जम्मा गरिएको आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि देवनारायण चौधरीले खेलकुद आजको युगमा धेरै आवश्यक भएकोले यस्ता किसिमको प्रतियोगिता आयोजना गर्नु निकै नै खुसीको कुरा रहेको बताउनु भएको थियो ।त्यस्तै उहाँले आफुले आयोजक कमिटिको सदस्य र वडा अध्यक्ष संग छलफल गरेर आवस्यक सहयोग गर्ने समेत बताउनु भएको छ ।उक्त पत्रकार सम्मेलनमा सभाध्यक्षता वडा सदस्य घनश्याम चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन संचारकर्मी प्रदीप गौतमले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस