आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अखिलेश कुमार यादव २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि) १६० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क मुटु रोग सम्बन्धि शिविर सम्पन्न भएको छ ।आर्थिक बर्ष २०७९÷८० को बजेट बाट वडा न ३ बजनिले फाल्गुन २६ गते देखि नै निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो ।मुटु,सुगर सम्बन्धि चेक शनिवार गरिएको हो ।वडा भित्र रहेका बृद्ध वृद्धा,गरिब,असहाय परिवारले रोगको जाँच गराउने बाट बन्चित हुदै आएको बेला वडाले स्वास्थ्य शिविरको आयोजना गरे पछि अब बिरगंज ,कलैया,काठमाडौँ जाने बाट छुटकारा भएको स्थानीयहरुले बताएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीले बिगत केहि दिन देखि आफ्नो वडा बासीको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडा बासीलाई हर्षित गर्दै आईरहेको छ । किसानामुखी कार्य तत्काल बन्द भए पछि वडा न ३ बजनीले आफ्नो वडा बासीको लागि निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएर वडा बासीलाई हर्षित गरेका छन् ।गरिब असहाय,अपाङ्ग,बृद्ध वृद्धाहरुले सजिलै संग आफ्नै वडा कार्यालयको स्वास्थ्य चौकीमा आएर रोगको उपचार गराउने उदेश्यले शनिवार मुटु रोग विशेषज्ञ चिकित्सक तेज प्रकाश साहले सेवा प्रदान गरेको छ।त्यस्तै जीतपुरसिमराकै मेडिकल अधिकृत नर्श ल्याब लगाएतको टोलीलाई बोलाएर हरेक महिनामा २ पटक निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको र यो स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निःशुल्क रुपमा पाईरहेको जीतपुरसिमरा उपमहा नगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो ।आउदो दिनमा शारीरिक रुपमा अशक्त भएका ब्यक्ति लागि घरमै चिकित्सक पठाएर जाँच गराईने व्यवस्था मिलाउने समेत उहाँले बताउनु भयो ।शनिवार १० बजे देखि सुरु भएको स्वास्थ्य शिविरमा उपचार गराउन आएको बिरामीहरुको भिड बढेको थियो ।वडा न ३को बासिन्दाले चिनी रोग र प्रेसरको लागि आवशयक पर्ने औषधि समेत वडा बाट निःशुल्क रुपमा पाईरहेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस